काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप १५९ जनामा संक्रमण पुष्टी भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको स्वाब परिक्ष्णका क्रममा थप १५९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । यो सहित नेपालमा संक्रमितहरुको संख्या २ लाख ७१ हजार ११८ पुगेको छ ।
आज संक्रमित भएकाहरुमा ९८ जना पुरुष र ६१ जना महिला रहेका छन् ।




















