×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

भरतपुरका सामुदायिक विद्यालयलाई बस प्रदान

  •  गोरखा समाचार
  • सोमबार, माघ १९, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    चितवन – भरतपुर महानगरपालिकामा रहेका सामुदायिक विद्यालयले विद्यार्थी बोक्न बस प्रयोग गर्न थालेका छन् । टाढा र अशक्त विद्यार्थीलाई बस प्रभावकारी हुने भएपछि महानगरपालिकाले पाँच विद्यालयलाई बस खरीद गर्न रु एक करोड निकासा समेत गरेको छ । महानगरपालिका शिक्षा महाशाखा प्रमुख महेन्द्र पौडेलका अनुसार चालू आर्थिक वर्षमा पाँच विद्यालयलाई बस किन्न एक विद्यालयलाई रु २० लाखका दरले प्रदान गर्न सम्झौता गरिसकिएको छ । कविलाश, नारायणी नमूना, भीमनगर, प्रभात र लक्ष्मी माध्यामिक विद्यालयलाई बस खरिदका लागि रकम विनियोजन गरिएको हो । ती विद्यालयले महानगरपालिकासँग सम्झौता गरी बस खरीदका लागि बोलपत्र आह्वान गरेका छन् ।

    उहाँले भन्नुभयो, “हामीले रु २० लाखका दरले रकम दिने गरी सम्झौता गरेका छाैं । अपुग भए विद्यालयले थप्नेछन् ।” भन्सार छुट गर्दा रु २२ लाखको हाराहारीमा बस आउने जनाइएको छ । प्रमुख पौडेलका अनुसार वाग्मती प्रदेश सरकारको सहयोगमा हिमालय दण्डपाणि विद्यालयले बस खरिद गरेर गत वर्षबाट सञ्चालनमा ल्याएको छ । यसैगरी आन्तरिक स्रोतबाट जानकी, भानु र प्रेमबस्ति माध्यामिक विद्यालयले पनि बस खरिद गरेर सञ्चालन गर्दै आएका छन् । बस सञ्चालनका लागि लाग्ने खर्च विद्यार्थीबाट उठाइँदै आएको छ । महानगरपालिका प्रमुख रेनु दाहालले धेरै विद्यार्थी भएका, टाढाबाट आउनुपर्ने र प्राविधिक विषयको पढाइ गर्ने विद्यालयलाई पहिलो चरणमा बस दिइएको जानकारी दिनुभयो । यसको प्रभावकारिता हेरेर आउँदो वर्ष थप विद्यालयलाई बस किन्न सहयोग गरिने उहाँको भनाइ छ ।

    उहाँले भन्नुभयो “महानगरभित्रका सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न सहयोग गरिँदै आएको छ ।”छात्राहरुलाई साइकलदेखि विपन्न विद्यार्थीलाई न्यानो कपडासमेत बाँड्दै आएको जनाउँदै उहाँले विद्यार्थीको गुणस्तर वृद्धि गर्नका लागि विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थी सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । महानगरभित्र १२३ सामुदायिक र ९७ संस्थागत विद्यालय रहेका छन् । सामुदायिकमा ३५ हजार र संस्थागतमा ४० हजार विद्यार्थी अध्ययनरत रहेका छन् । अधिकांश संस्थागत विद्यालयले विद्यार्थी ओसार्न बस प्रयोग गर्दै आएका छन् । नमूना विद्यालयका रुपमा चिनिएको नारायणी नमूना माविका प्राचार्य पूर्णप्रसाद दवाडी महानगरले शैक्षिक गुणस्तर विकासका लागि आवश्यक सहयोग गर्दै आएको बताउनुभयो ।

    कक्षा १२ सम्म र प्राविधिक तर्फ डिप्लोमा इन्फरमेशन एण्ड टेक्नोलोजीको पढाइ गरेको यस विद्यालयमा दुई हजार ५५८ विद्यार्थी छन् । ती विद्यार्थीमध्ये देवघाट, शिवघाट, लामाटोललगायतका क्षेत्रबाट अभिभावकले बस र चारपाङग्रे साधन ९म्याजिक० भाडामा लिएर विद्यार्थी पठाउने गरेका छन् । प्राचार्य दवाडी विद्यालयमा रहेका बौद्धिक अपाङ्ग र सवारीसाधन भाडामा लिएर आउने गरेका विद्यार्थीलाई बसले बोक्ने जानकारी दिनुभयो । विद्यालयमा बौद्धिक अपाङ्ग २९ अध्ययनरत छन् ।

    रासस

    साँकेतिक तस्बिर

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    सोमबार, माघ १९, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.