काठमाण्डौं – कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकको नतिजा सार्वजनिक गरिएको हो ।
परीक्षामा ४ लाख ३३ हजार २७१ बिद्यार्थीहरु उतिर्ण भएका छन् । त्यस्तै ११ हजार ४९० को परीक्षा स्थगित र १ जनाको रद्द भएको छ ।
नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
यस वर्ष बोर्डले ४० प्रतिशत अंकका लागि परीक्षा लिएको थियो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित गरिएको बोर्डले जनाएको छ ।




















