धादिङ – धादिङको कोइराले भन्ने स्थानमा रोकि राखेको ट्रकमा अर्को ट्रक टोकिदा २ जनाको मृत्यु भएको छ ।
जिल्लाको थाक्रे गाउँपालिका २ कोइरालेमा बिग्रिएर सडक छेउमा रोकेर राखेको ना. ६ ख ६४६५ नम्बरको ट्रकमा त्यही दिशाबाट आउँदै गरेको लु. २ ख २७० नम्बरको ट्रक आज बिहान ३ बजे ठोक्किँदा २ जनाको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ ।
मृत्यु हुने दुवैको पहिचान खुल्न सकेको छैन । सोही दुर्घटनामा लु. २ ख २७० नम्बरको ट्रकका चालक गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि काठमाण्डौको ट्रमा सेन्टर लगिएको छ ।
ना. ६ ख ६४६५ नम्बरका ट्रक चालक भने सामान्य घाइते भएका छन् ।




















