काठमाण्डौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल नेतृत्वको समूहको आज केन्द्रीय समितिको बैठक बस्दै छ । समसामयिक विषयमा छलफलका लागि नेकपाले बबरमहलस्थित पार्टी प्यालेसमा बैठक बोलाएको हो ।
बैठकमा पार्टी आधिकारिकतासम्बन्धी निर्वाचन आयोगमा गरिएको दाबी, संगठनसम्बन्धी विषय र जारी आन्दोलनबारे छलफल हुने छ ।
पार्टी विभाजनपछि यसअघि पुस ७ र ९ गते केन्द्रीय समिति बैठक बोलाइएको थियो । सो बैठकले केपी शर्मा ओलीलाई आफ्नो पार्टीको अध्यक्षबाट हटाएर रिक्त स्थानमा माधवकुमार नेपाललाई नियुक्त गरेको थियो ।
तर निर्वाचन आयोगले यो वैधानिक नभएको जनाएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूह निरन्तर आन्दोलनमा छ । यो समूहले माघ २८ गते काठमाण्डौंमा अहिले सम्मकै ठुलो जनप्रदर्शन गर्ने तयारी गरेको छ ।




















