काठमाण्डौं – लामो समय देखी सार्वजनिक हुन नसकेको कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदैछ ।
कोरोनाका कारण ढिला गरिभएको परिक्षाको नतिजा आज सार्वजनिक हुन लागेको हो ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । प्राविधिक तथा अन्य समस्या नदेखिए आज नतिजा सार्वजनिक हुने बोर्डले जनाएको छ ।
कक्षा १२ मा ४० प्रतिशत पूर्णाङ्कको मात्र परीक्षा लिइएको थियो । यसमा ४० प्रतिशत मूल्याङ्कन कक्षा ११ को नतिजाको आधारमा र २० प्रतिशत आन्तरिक मूल्याङ्कन गरिएको छ ।




















