काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप १०५ जनामा संक्रमण पुष्टी भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको स्वाब परिक्षणका क्रममा थप १०५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । यो सहित नेपालमा संक्रमितको संख्या २ लाख ७० हजार ९५९ पुगेको छ ।
थप २ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । यो सहित नेपालमा संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार २९ पुगेको छ ।




















