धरान – नेपालमा पहिलो पटक धरानमा रासन कार्ड बितरण गरिएको छ । सामाजिक सुरक्षा तथा अन्य लक्षित बजेटबाट धरानमा पहिलोपटक विपन्नलाई रासन कार्ड वितरण गरिएको हो ।
धरान उपमहानगरपालिका १६ ले विपन्न नागरिकलाई राहत दिने उद्देश्यले कार्यक्रम अघि बढाएको छ । सुनसरीको धरान उपमहानगरपालिका १६ मा रासन कार्ड र स्वास्थ्य बिमा कार्ड वितरण गरिएको छ ।
सामाजिक सुरक्षा तथा अन्य लक्षित बजेटबाट यस्तो कार्यक्रम ल्याइएको बडा कार्यालयले जनाएको छ । यो कार्यक्रम नेपालमै र धरानका २० वटै वडामध्ये पहिलो कार्यक्रम भएको बडाको दावी छ ।
र्कायक्रम अन्तरर्गत पहिलो चरणमा ३२ घर परिवारलाई ६ महिनाका लागि पुग्ने रासन वितरण गरिएकोे छ । २ जना भन्दा माथिका परिवार हुनेलाई २५ केजी चामल, दाल, तेल र १ जना मात्र भएको परिवारलाई १५ केजी चामल, दाल, तेल लगायतका खाद्यान्न सामग्री वितरण गरिएको छ ।
वडाले विपन्न वर्गका २० परिवारका १०० जना जनालाई स्वास्थ्य बीमा कार्ड पनि उपलब्ध गराएको छ ।




















