एजेन्सी – संयुक्त अरब इमिरेट्सले विदेशी लगानीकर्ता, चिकित्सक, ईन्जिनियर, कलाकारहरुलाई नागरिकता दिने कानून ल्याएको छ ।
संयुक्त अरब इमिरेट्स ‘यूएई’का उपराष्ट्रपति तथा दुबईका शासक शेख मोहम्मद बिन रशीद अल मकतुमका अनुसार नागरिक बन्ने योग्यता राख्ने सक्षम विदेशी व्यक्तिको सुचिमा लगानीकर्ता, चिकित्सक, ईन्जिनियर, कलाकारहरुलाई राखिएको जनाएको छ ।
नागरिकता पाउन योग्य विदेशी तथा उनको परिवारका सदस्यले दोहोरो नागरिकता राख्न सक्ने पनि उनले बताए । युएईको विकास यात्रामा आकर्षित गर्न यस्तो कानुन ल्याइएको हो ।
यूएईको राजपरिवारका सदस्य वा अधिकारीले विदेशीलाई नागरिकता दिन सिफारिस गर्नेछन् । त्यसपछि त्यहाँको मन्त्रीपरिषदले आवश्यक निर्णय लिने बताइएको छ ।




















