एजेन्सी – भारतको उत्तर प्रदेशस्थित मोरादाबाद–आग्रा राजमार्गमा आज बिहान बस र ट्रक ठोक्किँदा कम्तिमा १० जनाको मृत्यु भएको छ भने दर्जन भन्दा बढी घाइते छन् ।
बाक्लो कुहिरोका कारण शनिबार बिहानको उक्त दुर्घटना भएको हुनसक्ने भारतीय प्रहरीको अनुमान छ । यसअघि पनि भारतका विभिन्न सहरमा ठूलठूला दुर्घटना भई सकेको छ ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुख व्यक्त गर्दै मृत्तक परिवारलाई २ लाख र घाइतेहरुलाई ५० हजारका दरले आर्थिक राहत उपलब्ध गराउने घोषणा गरेका छन् ।
घटनास्थल पुगेको प्रहरीले घाइतेहरुलाई अस्पताल पुरयाएको थियो । स्थानीय समय अनुसार बिहान ८ बजे मानपुर गाउँ नजिकै दुर्घटना भएको प्रहरीले पुष्टी गरेको छ ।




















