एजेन्सी – भारतको राजधानी दिल्लीमा रहेको इजरायली दुतावास नजिक बम विष्फोट भएको छ । शुक्रबार राती भएको बम विष्फोट भएपछि देशैभर सुरक्षा सतकर्ता बढाइएको छ ।
विष्फोटपछि भारत सरकारले अन्तर्राष्ट्रिय विमानस्थलदेखि महत्वपूर्ण सरकारी निकायसम्म सुरक्षा सतर्कता बढाएको हो । दिल्ली, उत्तरप्रदेश लगायतका राज्यमा सुरक्षा सतकर्ता बढाइएको छ ।
भारतीय सञ्चारमाध्यमले अयोध्यासहित उत्तरप्रदेशका सबै क्षेत्र र उत्तराखण्डको हरिद्वारमा पनि सुरक्षा सतर्कता बढाइएको जनाएका छन । शुक्रबारको विष्फोटमा मानवीय क्षति नभएपनि केही सवारी साधनमा क्षति पुगेको छ ।
गृहमन्त्री अमित शाहले विष्फोटमा संलग्न व्यक्तिलाई तत्काल गिरफ्तार गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । दिल्ली प्रहरीले ‘इजरायल दूतावास नजिक विस्फोट भएको पुष्टि गर्दै यसको कारण पत्ता लगाउने प्रयास भइरहेको बताएको छ ।
भारत र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको शुक्रबार २९ वर्ष पुगेकै दिन सो विष्फोट गराइनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।




















