चितवन – प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन आउदैछन् । नेकपाको ओली समूहले चितवनमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्न अध्यक्षसमेत रहेका ओली चितवन आउन लागेका हुन् ।
जिल्ला कमिटीको आयोजनामा केन्द्रीय बस टर्मिनल भरतपुरमा हुने सभालाई सम्बोधन गर्न ओली चितवन आउन लागेका हुन् ।
आजै ओलीले भरतपुरमा बन्न लागेको पुल्चोक–गोन्द्राङ ६ लेन सडक विस्तारको शुभारम्भ गर्ने कार्यक्रम समेत तय गरिएको छ ।
सभालाई उप प्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापाले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
पार्टी विभाजनपछि ओली सुदुरपश्चिम र लुम्बिनीमा आयोजित जनसभामा पनि सहभागी भई सकेका छन् ।




















