धनगढी – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आज सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा शक्ति प्रर्दशन गर्दैछ ।
शुक्रवार विराटनगरमा जनसभा गरेको यो समूहले आज (शनिवार) दिउँसो १:०० बजे धनगढीमा जनसभा गर्न लागेको हो ।
शक्ति प्रर्दशनसँगै हुने जनसभामा सो समूहका अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । धनगढीको खुलामञ्चमा हुन लागेको जनसभा अघि धनगढीको चौराहा र क्याम्पस रोड दुवै तर्फबाट र्याली निकालिने नेकपा दाहाल-नेपाल समूहले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदमको विरुद्ध यो समूहले देशैभर विरोधका कार्यक्रम गर्दै आएको छ ।




















