काठमाण्डौं – काठमाण्डौं महानगरपालिका २२ न्यूरोडबाट स्रोत नखुलेको ३८ लाख ७ हजार नगदसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा हुम्लाको सर्केगाड गाउँपालिका १ घर भएका २७ वर्षीय नवराज रावत, २८ वर्षीय सञ्जय बुढा, ३० वर्षीय गोपाल रावत, मकवानपुरको थाहा नगरपालिका ११ बस्ने २७ वर्षीया सानुमाया तामाङ र सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ७ बस्ने २७ वर्षीय भीमसेनबहादुर तामाङ रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट २२ लाख ८ हजार १५० नगद र २४ थान चेक बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सबैलाई आवश्यक कारबाहीको लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुल्चोक पठाइको छ ।




















