काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप २१३ जनामा संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा ३ हजार ७९१ नमुना परीक्षण गर्दा थप २१३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । योसँगै नेपालमा संक्रमितहरुको संख्या २ लाख ७० हजार ५८८ पुगेको छ ।
आज संक्रमण देखिएका मध्ये ८८ महिला र १२५ पुरुष रहेका छन् ।




















