कन्चनपुर – कञ्चनपुरको पुनर्वास नगरपालिका २ मोतीबस्तीमा आफ्नै घरमा पालेको राँगाले हान्दा ७२ वर्षीय वासुलाल चौधरीको मृत्यु भएको छ ।
गए राति पराल हाल्ने क्रममा राँगाले चौधरीलाई हान्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पुष्टी गरेको हो ।
राँगाले हान्दा चौधरी गम्भीर घाइते भएको र उनको घटनास्थलमा नै मृत्यु भएको हो । प्रहरीका अनुसार चौधरीको शबको पोष्ट मार्टम पछि शव आफन्तलाई बुझाईएको छ ।




















