काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप २८३ जनामा संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको स्वाब परिक्षणका क्रममा बुधबार थप २८३ जनामो कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । यो सहित नेपालमा संक्रमितहरुको संख्या २ लाख ७० हजार ३७५ पुगेको छ ।
थप ३ जनाको मृत्यु
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा नेपालमा थप ३ जनाको मृत्यु भएको छ । यो सहित संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार २० पुगेको छ ।




















