काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप ३०३ जनामा संक्रमण पुष्टी भएको छ ।
देशको विभिन्न प्रयोगशालमा गरिएको स्वाब परिक्षणका क्रममा मङ्गलकार थप ३०३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । योसंगै नेपालमा संक्रमितहरुको संख्या २ लाख ७० हजार ९२ पुगेको छ ।
थप ६ जनाको मृत्यु
कोरोना संक्रमणका कारण नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार १७ पुगेको छ ।




















