काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप ३३९ जनामा संक्रमण पुष्टी भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको स्वाब परिक्षणका क्रममा थप ३३९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले पुष्टी गरेको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ ।
थप १० जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १० जनाको मृत्यु भएको छ । यो सहित संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार ११ जना पुगेको छ ।




















