काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा ३३६ जनामा संक्रमण पुष्टी भएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको स्वाब परिक्षणका क्रममा बिहिबार थप ३३६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । योसंगै नेपालमा संक्रमितहरुको संख्या २ लाख ६८ हजार ६४६ पुगेको छ ।
थप ४जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ९७९ पुगेको छ ।




















