काठमाण्डौ – प्रतिनिधि सभा विघटको विरोधमा नेपाली कांग्रेसले आज देशैभरका वडाबाट प्रदर्शन गर्ने तयारी गरेको छ ।
बुधबार काँग्रेस सभापति शेरबहादुर देउवाले अपिल जारी गर्दै प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधि सभा विघटन विरुद्ध वडास्तरीय प्रदर्शनमा जुट्न निर्देशन दिए लगत्तै दशै भरको वडाहरुमा आज बिरोध कार्यक्रम हुन लागेको हो ।
अपीलमा देउवाले ‘सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको घटनाविरुद्ध आज देशको ६ हजार ७४३ वडाहरुमा विरोध प्रदर्शनलाई व्यापक बनाउने नेपाली काँग्रेसले जनाएको छ ।
यसअघि कांग्रेसले निर्वाचन क्षेत्रमा, प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा पालिकाहरुमा विरोध प्रदर्शन व्यापकताका साथ सम्पन्न गरिसकेको भन्दै देउवाले ‘अब वडास्तरीय प्रदर्शन पनि प्रभावकारी रुपले सफल बनाउन अपील गरेका हुन् ।




















