एजेन्सी – चीनले अमेरिकी पूर्व विदेशमन्त्री माइक पोम्पियो सहित २८ जनालाई चीन प्रवेशमा प्रतिबन्ध लगाएको छ ।
चीनको राष्ट्रिय सम्प्रभुतामा आँच आउने किसिमले टिप्पणी गरेको भन्दै पोम्पियोमाथि प्रतिबन्ध लगाइएको हो ।
ट्रम्पको नजिक भएर काम गरेका २८ जनाका परिवार र आफन्तलाई समेत चीनले प्रवेशमा प्रतिबन्ध लगाएको छ ।
उनीहरुलाई चिनमा रहेको मुस्लिम समुदायमाथि चीन सरकारले दमन गरेको टिप्पणी गरेको भन्दै चिन प्रवेशमा प्रतिबन्ध गरिएको हो । उनले चीनियाँ कम्युनिष्ट पार्टीको सरकार सुनियोजित तरिकाले मुसलमान सक्न लागिपरेको बताएका थिए ।




















