एजेन्सी – अमेरिकी नवर्निवाचित राष्ट्रपति बाइडेनले डोनाल्ड ट्रम्प प्रशासनका केही महत्वपूर्ण नीतिलाई उल्ट्याएर काम थालेका छन् ।
शपथ ग्रहणको केही घण्टापछि नै बाइडेनले १५ वटा कार्यकारी आदेशमा हस्ताक्षर गरेर काम थालेका हुन् ।
राष्ट्रपति बाइडेनले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि राष्ट्रिय प्रयासलाई लिएर कार्यकारी आदेश जारी गरेका हुन् । बाइडेनले जारी गरेको कार्यकारी आदेशमा संघीय सरकारका भवन तथा कार्यालयहरुमा मास्क लगाउन अनिर्वाय गरिएको छ ।
यस्तै उनले १०० दिनका लागि मास्क च्यालेन्जको घोषणा गरेका छन् । विश्व स्वास्थ्य संगठनमा अमेरिकालाई पुनःफर्काउने, पेरिस जलवायु सम्झौतामा पुनःसामेल हुने, आप्रवासी नीति सम्बन्धी कार्यकारी आदेशमा पनि उनले हस्ताक्षर गरेका छन् ।




















