काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा ३१८ जनामा संक्रमण पुष्टी भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको स्वाब परिक्षणका क्रममा थप ३१८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । योसंगै नेपालमा संक्रमित हरुको संख्या २ लाख ६८ हजार ३१० पुगेको छ ।
थप ६ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९७५ पुगेको छ ।




















