काठमाण्डौं – बेलायतमा कोरोना भाइरसका कारण अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको छ ।
बेलायत सरकारका अनुसार मङ्गलबार कोरोना संक्रमणका कारण एकैदिनमा १ हजार ६१० जनाको मृत्यु भएको हो ।
यो संख्या बेलायतमा अहिले सम्मकै एकैदिनमा कोरोनाका कारण मृत्यु हुनेहरुमा सबैभन्दा धेरै संख्या हो । १३ जनवरीमा २०२० मा एकै दिन १ हजार ५६४ जनाको मृत्यु भएको थियो ।
बेलायतमा कोरोना भाइरसका कारण ९१ हजार ४७० जनाको मृत्यु भएको छ भने ३४ लाख ६६ हजार ८४९ जनालाई कोरोना संक्रमण भएको छ ।




















