एजेन्सी – सडक पेटीमा सुतिरहेकाहरुलाई ट्रकले किच्दा १५ जनाको मृत्यु भएको २४ घण्टा नबित्दै भारतमा फेरि अर्को ठूलो दुर्घटना भएको छ ।
दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने १८ जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् । मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।
भारतीय सञ्चारमाध्यमले जनाए अनुसार मंगलबार अबेर राति पश्चिम बंगालअन्तर्गत जलपाईगुडी जिल्लाको धुपगुरी सहरमा टि«परले अन्य धेरै सवारी साधानलाई ठक्कर दिदा यस्तो घटना भएको हो ।
बाक्लो हुस्सुका बिच ट्रिपर चालकले बाटो नदेख्दा दुर्घटना भएको अनुमान गरिएको छ । घटनाको भारतीय प्रहरीले अनुसन्धान थालेको छ ।
सोमबार राति मात्र गुजरातमा फुटपाथमा सुतिरहेका मजदुरमाथि ट्रकले कुल्चदा १५ जनाको मृत्यु भएको थियो भने ५ जना गम्भीर घाइते भएका थिए ।




















