काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा ३४८ जनामा संक्रमण पुष्टी भएको छ ।
देशको िविभिन्न प्रयोगशालामा गरिएको स्वाब परिक्षणका क्रममा मङ्गबार थप ३४८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । योसंगै नेपालमा संक्रमित हुनेहरुको संख्या २ लाख ६७ हजार ९९२ पुगेको छ ।
थप ४ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९६९ पुगेको छ ।




















