काठमाण्डौं – भारतले नेपाललाई कोरोनाभाइरस विरुद्धको १ करोड डोज खोप निःशुल्क उपलब्ध गराउने भएको छ ।
केन्द्रीय स्वास्थ्य समितिको बैठकले नेपाललाई खोप उपलब्ध गराउने निर्णय गरेको हो ।
साथै भारतले भुटान, बंगलादेश, श्रीलंका, अफगानिस्तान, मौरिसस र माल्दिभ्सलाई पनि खोप उपलब्ध गराउन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतले छिमेकी देशलाई १० करोड डोज खोप वितरण गर्ने तयारी गरेको छ । उसले सेरम इन्स्टिच्युटको कोभिसिल्ड र बायोटेकको कोभ्याक्सिन उपलब्ध गराउने भएको हो ।
भारतले नेपाललार्य दिने भनिएका खोप अर्को हप्ताबाट आपूर्ति शुरु हुने भएको छ ।




















