काठमाण्डौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल र नेपाल समूहले केपी शर्मा ओलीलाई स्पष्टीकरण दिन भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा पत्र बुझाएको छ ।
दाहाल–नेपाल समूहले ओलीलाई ३ दिनभित्र स्पष्टीकरण दिन भन्दै बालुवाटार पुगेर पत्र बुझाएको हो ।
नेकपाको स्थायी कमिटी बैठकको निर्णयअनुसार ओलीलाई आज पत्र बुझाएको छ । स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र कार्यालय सचिव श्रीराम ढकालले पत्र बालुवाटारमा बुझाएर फर्किएका हुन ।
माघ २ गते बसेको दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकले प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष ओलीलाई पार्टी सदस्यबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।




















