मकवानपुर – जिल्लाको भालङटारमा श्रीमती हत्याका आरोपमा श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मकवानपुर गढी गाउँपालिका २ स्थित भालङटार आज (सोमबार) बिहान ४६ वर्षीया श्रीमाया गोलेको हत्या आरोपमा श्रीमान देवराज गोलेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
आफ्नै घरभित्रै मृत फेला परेकी श्रीमायाँको बारेमा जानकारी पाएलगत्तै घट्ना स्थल पुगेको प्रहरी टोलीले मृतकको श्रीमान देवराजलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरी कार्यालयका अनुसार घटना संकास्पद देखिएका कारण देवराजलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।




















