काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा ३२२ जनामा संक्रमण पुष्टी भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको स्वाब परिक्षणका क्रममा थप ३२२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मख्न्त्रालयले पुष्टी गरेको हो । योसंगै नेपालमा संक्रमित हुनेहरुको संख्या २ लाख ६७ हजार ६४४ पुगेको छ ।
थप ६ जनाको मृत्यु
नेपालमा संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९६५ पुगेको छ ।




















