सोलुखुम्बु – सोलुखुम्बुको महादेव भिरमा मिनि ट्रक दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ १ जना घाईते भएका छ ।
जिल्लाको सोलुदुधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमाना स्थित महादेव भिरमा आइतबार राती बा. ४ ख ७९८० नम्बरको आइचर मिनि ट्रक दुर्घटना भएको हो ।
राति ११ः३० बजेतिर भएको दुर्घटनामा परी धादिङ घर भएका ३३ वर्षीय चालक कमल मगर, हेटौडाका अन्दाजी ३३ वर्षका राम कुमार मगर, सप्तरीका १९ वर्षीय कृष्ण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
हेटौंडाका २३ वर्षीय रमेश मगर गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु ल्याईएको छ । दुधकोशी सोलुखोला ८६ मेगावाट जलविद्युत आयोजनाको निर्माण सामाग्री लिएर गएको मिनिट्रक भीरबाट करिब ३०० मिटर तल खसेको छ ।




















