एजेन्सी – इटालियन सिरी ए फुटबलमा एसी मिलानले नापोलीलाई हराएको छ । गएराति भएको खेलमा शीर्ष स्थानको एसी मिलानले नापोलीलाई ३१ गोल अन्तरले पराजित गरेको हो ।
मिलानका लागि जाल्टन इब्राहिमोविचले दुई तथा जेन्स पिटरले एक गोल गरे । नापोलीका लागि मेर्टेन्सले एक गोल फर्काए । जितपछि शीर्ष स्थानको एसी मिलानको ८ खेलबाट २० अंक भएको छ ।
राति नै भएको खेलमा हेलास भेरोनालाई २–० ले पराजित गरेको सासुओलो १८ अंकसहित दोस्रो स्थानमा छ । यस्तै पार्मालाई ३–० ले पराजित गरेको रोमा १७ अंकसहित तेस्रो स्थानमा रहेको छ । १६ अंक रहेको युभेन्टस चौथो स्थानमा झरेको छ ।




















