सानै उमेरमा दोहोरी गीत गाएर चर्चामा आएकी बाल गायिका कमला घिमिरेको नयाँ गीत चाडै नै बजारमा आउने भएको छ । दोहोरी गाउन माहिर कमलालाई गायक अमृत सापकोटाले मिडियासम्म ल्याएकाा थिए ।
केहिसमय अगाडि अमृत सापकोटा र कमला घिमिरे बिच बोलचाल समेत बन्द भएको हल्ला चलेको थियो । तर, फेरि कमला र अमृतले एकसाथ गीत रेकर्ड गराएका छन् । आइतबार सुटिङ सम्पन्न भएको गीतको भिडियोमा दर्जनौं चर्चित कलाकारहरुलाई देख्न पाइनेछ ।
मोडेल रिना थापा मगर, आयुष्मा कार्की , सगुन शाही लगायतका थुप्रै कलाकारहरुको अभिनयमा भिडियोको छायांकन आज गरिएको थियो ।


