वरिष्ठ कलाकार हरिवंश आचार्य दम्पतीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । आचार्यले आफूहरुलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जाल मार्फत् जानकारी गराउनु भएको हो ।
सोमबार आचार्य र उहाँकी श्रीमती रमिला दुबैले कोरोना परीक्षण गराएका थिए । आचार्यले आफूहरु दुबैको स्वास्थ्य अवस्था सामान्य भएको र आफूहरुरको सम्पर्कमा रहेका सबैलाई होम आइसोलेसनमा बस्न आग्रह गर्नु भएको छ ।
वरिष्ठ कलाकार आचार्यले कोरोना संक्रमण व्यापक रुपमा फैलिएको भन्दै जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अवलम्बन गर्न सबैलाई आग्रह समेत गर्नु भएको छ ।


