गायक विनय कार्की तथा गायिका प्रविशा अधिकारीको स्वरको यूगल गीत ‘तिम्रै लागि…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
संगीतकार तथा एरेन्जरकाे रुपमा आफुलाई स्थापित गराएका विनय ‘द भ्वाइस अफ नेपाल-२’ का प्रतियाेगि पनि हुन् ।
विनय भ्वाइसमा जानुअघि नै सांगीतिक क्षेत्रमा सक्रिय थिए । द भ्वाइस अफ नेपालले उनलाई थप उचाई दिएकाे हाे । ‘तिम्रै लागि’ गीतमा शब्द, संगीत रोजल थापाकाे छ ।
थापाकै निर्देशनमा बनेको उक्त गीतको म्युजिक भिडियोमा आकाश श्रेष्ठ र मेलिना ठकुरीकाे ले अभिनय गरेका छन् ।
भिडियोमा बिरेन्द्र भट्टको छायांकन, अनिल रानाको सम्पादन तथा रोहित बस्नेतको कोरियोग्राफी गरेकाे छ ।




















