नयाँ नेपाली चलचित्र ‘गोवर गणेश’ को पहिलो गीत ‘अमिलो मोई’ को भिडियो सार्वजनिक भएको छ । अभिनेता जय किसन बस्नेतलाई फिचर गरिएको उक्त चलचित्रको ‘गोवर गणेश’ को प्रमोसनल गीतको रुपमा ‘अमिलो मोई…’ तयार पारिएको हो ।
कल्याण अधिकारीको निर्देशनमा निर्माण भएको कमेडी, एक्सन तथा कमेडी बेसमा आधारित नेपाली कथानक चलचित्र ुगोवर गणेशु को गीतमा अनिभेत्री एलिना रायमाझीलाई पनि फिचर गरिएको छ ।
एलिना चौहान र निशान भट्टराईको आवाज रहेको उत्त : गीतमा रिमेश कुमारको संगीत रहेको छ । जय किसान बस्नेत, सियम भारद्वाज सुवेदी, मुनम मल्ल ठकुरी, भोमन कटुवाल, राजु किराँत, हिमाल राई, अजय खड्का, शिशिर भट्टराई, टेकेन्द्र न्यौपाने लगायतको अभिनय रहेको उक्त चलचित्रमा राजु किरातको एक्सन रहेको छ ।
भोमन कटुवालको कथा रहेको यस चलचित्रमा पटकथा तथा संबाद भोमन कटुवाल र कल्याण अधिकारीको रहेको छ । अनिल कुमार महर्जनको सम्पादन रहेको यस चलचित्रलाई मोहन कुमार झिल्लुले खिचेका हुन् । हरि कुमार कटुवाल निर्माता रहेको यो चलचित्र सिनेमा हल सञ्चालनमा आए लगत्तै प्रदर्शन गर्ने निर्माण पक्षको तयारी छ । यो चलचित्रको डिजिटल सर्वाधिकार साईराम पिक्चर्सलाई दिइएको छ ।




















