फोर्ब्सले सबैभन्दा बढी आम्दानि गर्ने अभिनेत्रीहरुको सूची सार्वजनिक गरेको छ । उक्त सूचीमा मोर्डन फेमिली फेम सोफिया भेरगारा पहिलो स्थानमा छिन् । उनी ४३ मिलियन डलर आम्दानिसहित फोर्ब्सको सूचिको पहिलो स्थानमा छिन् ।
सूचिको दोस्रो नम्बरमा हलिउड अभिनेत्री एन्जेलिना जोली छिन् । उनले ३५ दशमलव ५ मिलियन डलर आम्दामि गरेकी छिन् । ‘वन्डर वुमन’ की अभिनेत्री गेल डेडोट ३१ दशमलव ५ मिलियन डलरसहित तेस्रो स्थानमा छिन् ।
फोर्ब्सका अनुसार बेरगाराको धेरैजसो आम्दानि मोर्डन फेमिली तथा अमेरिकाज गट ट्यालेन्टबाट भएको हो । मोर्डन फेमिलीको एउटा श्रृंखलााक लागि सोफियाले ५ लाख मिलियन डलर लिन्छिन् । अमेरिकाज गट ट्यालेन्टका लागि निर्णायकको रुपमा सोफियाको हरेक सीजनको १० लाख मिलियन डलर पाउँछिन् ।
फोब्र्सको सूचिमा मेलिसा म्याकार्थी (२५ मिलियन डलर), मेरिल स्ट्रिप (२४ मिलियन डलर), एमिली ब्लन्ट (२२ दममलव ५ मिलियन डलर), निकोल किडम्यान (२२ मिलियन डलर), एलेन पोम्पिओ (१९ मिलियन डलर), एलिजाबेथ मस (१६ मिलियन डलर) तथा वायोला डेभिस (१५ दशमलव ५ मिलियन डलर) पनि समावेश छन् ।
यो सूचिमा बलिउडका एक जना पनि अभिनेत्री परेका छैनन् । एउटा समाचारमा जनाइए अनुसार कोरोना भाइरसको संक्रमणका कारण सिनेमा हलमा फिल्महरुको प्रदर्शनमा रोक लागेपछि टिभी कलाकारहरुको आम्दानिमा ठूलो बढोत्तरी भएको हो ।


