×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

यी हुन् कोही २२, कोही २४ : उमेरको अन्तर धेरै हुने नेपाली सेलिब्रेटी जोडी

  •  गोरखा समाचार
  • सोमबार, असोज १९, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कसै कसैले यति सानो उमेरको श्रीमती ल्याउछन्, समान्य मानिस देखि राजनीतिज्ञ या सेलिब्रेटीहरुले पनि आफू भन्दा धेरै कान्छी उमेरकी केटी विवाह गरेको पाइन्छ । अझ खाईलाग्दो ज्यान, आर्कषक व्यक्तित्व, अभिनयमा अब्बल, अभिनेताहरुका बढी महिला फ्यानहरु हुन्छन् । विपरित लिङ्गप्रतिको आकर्षणले अभिनेताहरुसँग नजिक हुन खोज्नेहरु युवतीहरु प्रशस्तै भेटिन्छन् ।

    स्टारडमका कारण हुन सक्छ वा अन्य केही कारण, कम उमेरका कतिपय युवती अभिनेताका लागि मरिमेट्छन् । त्यसैले अभिनेताहरुलाई निकै कम उमेरकी युवती सहजै मिल्छन् । महानायक राजेश हमाल हुन् वा दशकौँ देखि सिनेमामा सक्रिय भुवन केसी ।

    आधा शताब्दीको उमेर पार गर्दासमेत उनीहरुप्रति दशकौँ कम उमेरका युवतीहरु आकर्षित हुन्छन् । भुवन केसीले आफ्नो छोरीको उमेरकी युवती जिया केसीसँग केही बर्ष अफस्क्रिन रोमान्स गरे । तर उनले आफ्नो रोमान्सलाई विवाहमा परिणत गरी सकेका छैनन् । हेर्दै जाउ उनीहरुको विवाह होला की नहोला ।भुवन केसीले अहिले नै कम उमेरकी युवतीसँग विवाह नगरेपनि अन्य केही अभिनेता तथा अभिनेत्रीहरुले दुई दशक भन्दा धेरै कान्छा वा जेठासँग विवाह गरेर घरजम गरेका छन् ।

    श्रीकृष्ण श्रेष्ठ र स्वेता खड्का

    अभिनेता श्रीकृष्ण श्रेष्ठले स्वेता खड्कासँग विवाह गरेको एक महिनामै उनले संसार छाडेका हुन् । श्रीकृष्ण वि सं २०२४ सालमा जन्मीएका हुन् । राजेश हमालसँग सँगैका उनले जन्मीएको झण्डै ५ दशकमा विवाह गरे । चलचित्रमा नायिका खोज्ने क्रममा उनले स्वेता खड्कालाई भेटेका हुन् । आधा उमेरले कान्छी स्वेतासँग उनले पर्दा पनि बाँडे । अभिनय गर्दा गर्दै उनीहरुबीचको प्रेम मौलायो ।

    आखिर प्रेमलाई उमेरको हदबन्दी त थिएन । त्यसैले उनीहरुको केहि वर्षको प्रेम विवाहमा परिणत भयो । धेरै सपना बटुलेर नायिका स्वेता र श्रीकृष्णले बिवाह गरेका थिए । तर, विवाह भएको एक महिनापछि देखि नै श्रीकृष्णले उनको साथ छाडे । श्रीकृष्ण र स्वेताबीचमा २२ वर्ष को फरक थियो ।

    राजेश हमाल र मधु भट्टराई

    विवाह भन्दा पहिले महानायक राजेश हमाललाई चाहने युवतीहरुको कमी थिएन । यसैलाई बुझेर पनि हुनसक्छ उनले झण्डै ५० वर्षको हाराहारीमा विवाह गरे । उनको स्टारडमकै कारणले हुन सक्छ उनी भन्दा झण्डै तीन दशक कान्छी युवतीले उनलाई प्रेममा पारीन् । मोडल मधु भट्टराईसँगको प्रेमलाई राजेशले विवाहमा परिणत गरे ।

    राजेश हमालको जन्म वि सं २०२१ सालमा भएको हो । अहिले उनी ५२ वर्षको वरिपरि छन् । मधु अहिले ३० वर्षमा हिँड्दै छिन् । यस हिसाबले राजेश र मधुबीचमा झण्डै २२ वर्षको फरक छ । उमेरमा धेरै फरक हुँदा वैवाहिक जीवनमा बिभिन्न कठिनाई आउने भोग्नेहरु बताउँछन् । तर, राजेश र मधुको जोडि भने एकअर्काको साथ पाएर निकै खुसी छन् ।

    निश्चल बस्नेत र स्वस्तीमा

    लुटका निर्देशक निश्चल बस्नेतले पनि आफूभन्दा १४ वर्ष भन्दा बढी कान्छी उमेरकी स्वस्तीमासंग विवाह गरेका छन् । एकअर्काको साथमा रमाउन सक्यो भने उमेरले केही पनि फरक पार्दैन भन्दै यो जोडी अघि बढिरहेको छ । एकअर्काको उमेरमा भएको अन्तरले कुनै पनि समस्या नपरेको भन्दै यो जोडी आजको मितिसम्म खुशी छन् ।

    आफ्नो वैवाहीक सम्बन्धको बारेमा उनीहरुले मिडियासँग पनि धेरै पटक भनिसकेका छन् । नायिका स्वस्तीमा २१ बर्षकी भइन् भने निश्चल ३४ वर्षका भए । निश्चल करिअरमा सफल र स्थापित भईसकेका छन् भने स्वस्तीमा करिअको सुरुवातमै छिन् । हेरौँ उनीहरुको वैवाहीक सम्बन्ध अगाडि कसरी बढ्छन् । हामी चहान्छौँ उनीहरुको सम्बन्ध दीगो र बलियो होस् ।

    करिष्मा मानन्धर र विनोद मानन्धर

    नायिका करिष्मा मानन्धर र निर्माता विनोद मानन्धरको प्रेम विवाह भएको हो । केही समय सँगै काम गरेपछि अचानक करिष्माले नै विनोदलाई विवाहको प्रस्ताव राखेकी थिईन् । विवाह हुने समयमा करिष्मा १८ बर्षकी थिईन् भने विनोद ३८ बर्षका । यस हिसाबले उनीहरुको उमेरमा पनि दुई दशकको फरक छ । एक छोरीको अभिभावक यो जोडीलाई पनि उमेरको अन्तरले खासै असर नपारेको देखिन्छ ।

    रेखा थापा र छविराज ओझा

    करिअरको सुरुवातमै विवाह गर्ने अभिनेत्री हुन् रेखा थापा । सिनेमा हिरोबाट सिनेमामा प्रवेश गरेकी उनलाई त्यहि सिनेमाले जीवन साथी भेटाईदियो । त्यहि सिनेमाका निर्माता छविराज ओझासँग उनको विवाह भयो । विवाह गरेर केही समय पछि नै रेखालाई छविको साथले स्थापित गराईदियो । उनी अभिनेत्रीका साथै निर्मात्री पनि भईन् । दिनप्रतिदिन उनको करिअर सफल हुँदै गए तर वैवाहिक जीवन भने असफलतातिर धकेलियो ।

    एकअर्काको मन अनि विचार मिल्न छाडेपछि उनीहरुले एउटै छानामुनी नबोलेरै केही वर्ष गुजारे । हाल उनीहरु कानुनी रुपमै अलग भईसकेका छन् । रेखा र छविको उमेरमा १८ बर्षको अन्तर थियो । ५४ वर्षिय छवि अहिले आफूभन्दा आधा उमेरकी अभिनेत्री शिल्पा पोखरेलसँग विवाह गर्ने प्रसंगले चर्चामा छन् भने ३२ बर्षिय अभिनेत्री रेखा राजनीतिमा प्रवेश गरेर चर्चामा छिन् ।

    शिव श्रेष्ठ र श्रृजना श्रेष्ठ

    बहुविवाह र कान्छी उमेरको श्रीमती ल्याउने अभिनेता मध्ये अर्का अभिनेता हुन शिव श्रेष्ठ । उनले गंगादेवि श्रेष्ठसंग २०२८ सालमा झ्याई पारे पनि लामो समयसम्म सम्बन्ध टिक्न सेकन । अन्तत : उनले चितवन रामनगरकी श्रृजना श्रेष्ठ संग विवाह गरे । उनकी कान्छी श्रिमती शिव भन्दा २२ वर्ष कान्छी छिन् ।

    हुन त भन्नेहरु भन्छन् माया प्रेम र विवाहमा उमेर जातपात धर्म भुगोलले असर गर्दैन । तर अर्का थरीको तर्क भने यस्ले ठूलो अर्थ लाग्छ भन्ने छ । जे होस् विवाह पछि कस्ले कती त्याग र समझदारीता दर्साउछ त्यसले विवाह पछिको जीवन कसरी अगाडि बढ्छ भन्ने निक्र्यौल गर्छ ।

    मिथिला शर्मा र मोतीलाल बोहोरा

    अभिनेत्री मिथिला शर्माले बुढेशकालमा ७४ वर्षिय मोतीलाल बोहोरासँग विवाह गरेर सबैलाई चकित बनाईदिईन् । उनले चार दशक पार गरेपछि लगन गाँठो कस्नु सबैको लागि आश्चर्य थियो । ५० बर्षिय अभिनेत्री मिथिलाले आफूभन्दा २४ बर्ष जेठा मोतिलालसँग विवाह गरेकी हुन् । बुढेशकालमा सुरु भएको प्रेमलाई उनीहरुले विवाहको रुप दिएका हुन् । मिथिलासँग विवाह गर्नुभन्दा एक बर्ष अघि मात्रै बोहोराकी श्रीमतीको निधन भएको थियो । मोतीलाल पूर्व आई जिपि हुन् । उनीहरुको दुई बर्ष अघि विवाह भएको हो ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    सोमबार, असोज १९, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.