कोरोना जोखिमका कारण अहिले नेपाली सिनेमाहरु हलमा प्रदर्शन भएका छैनन् । सरकारले बढी भिडभाड हुने क्षेत्र बन्द गरेको छ । चैत ११ गते देखि सरकारले कोरोनालाई कारण देखाउँदै लकडाउन घोषणा गरेको थियो ।
अन्य क्षेत्रहरु खुला गरिएको भएपनि सिनेमा हल लगायत भिडभाड हुने क्षेत्र भने बन्द छन् । जसका कारण सर्वसाधारण चलचित्र हेर्न युट्युवको भर पर्नु परेको छ । यहि मौकालाई सदुपयोग गर्दै नेपाली सिनेमा ‘सेल्फी किङ’ युट्युबमा रिलिज भएको छ। विपिन कार्की नायक रहेको चलचित्र युट्युबमा आएको हो।
विशाल सापकोटाको लेखन तथा निर्देशन रहेको चलचित्रमा लक्ष्मी बर्देवा, अभय बराललगायत कलाकारले अभिनय गरेका छन्। निर्देशक दिनेश राउतले निर्माण गरेको फिल्ममा एकजना हास्य कलाकारले भोग्नुपरेको कथालाई मुख्य विषय बनाइएको छ।




















