×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

वेब सिरिजतिर सक्रिय फिल्मकर्मी

  •  गोरखा समाचार
  • शुक्रबार, असोज १६, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    अभिनेता विनय श्रेष्ठ बुधबार ‘लभसुत्र’को छायांकनका लागि पोखरा हिँडिसकेका छन् । ‘लभसुत्र’ उनले निर्माण गरेको नयाँ वेब सिरिज हो । सिरिजको ८० प्रतिशत छायांकन सकिसकेको छ । क्लाइमेक्स दृश्य खिच्न उनको टिम पोखरा हिँडेको हो । पाँच दिनमा क्लाइमेक्सको छायांकन सकिन्छ । सिरिजको पोस्ट प्रोडक्सन भने सुरु भइसकेको छ ।

    ‘लभसुत्र’ विनयको प्रोडक्सन कम्पनी ‘भि मोसन पिक्चर्स’ र ‘ओएसआर डिजिटल’को सहकार्यमा बन्ने वेब सिरिज हो । विनयले सिरिजको काम थालेको करिब १० महिना भयो ।

    कोरोना महामारीबीच वेब सिरिज निर्माणमा लाग्ने विनय एक्ला भने होइनन् । फिल्मका सबै काम ठप्प हुँदा लकडाउनमा केही फिल्मकर्मीले वेब सिरिजको काम थालेका छन् । महामारीबीच नै केहिले टेलिश्रङ्खला त केहिले वेब सिरिजको घोषणा गरे । फिल्म निर्माणमा ठूलो समूह चाहिन्छ । तर, सिरिज सानो समूहमा नै बनाउन सकिने हुँदा फिल्मकर्मीकाे ध्यान त्यता माेडिएकाे हाे ।

    नेपालमा पछिल्लो वर्षयता वेब सिरिज निर्माण संख्या ह्वात्तै बढेको छ । त्यसैले त होला लकडाउनमा वेब सिरिजहरु रोकिएनन् ।

    लकडाउनबीच पनि ‘लभसुत्र’को काम खासै रोकिएन । लकडाउन खुकुलिएसँगै विनयको टिमले सतर्कता अपनाएर छायांकन थालेको हो । ‘हामी एउटै होटलमा बस्छौं । सुटिङ अन्तिमतिर पुगिसक्यो । किन रोक्ने भनेर हामी सुटिङमा निस्किएका हौं,’उनले सुनाए । अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्मलाई लक्षित गर्दै उनले वेब सिरिज गरेका हुन् ।

    अन्तर्राष्ट्रिय प्लेटफर्ममा प्रदर्शन गर्ने सोचसहित विनयले सिरिज निर्माण गरिरहेका हुन् । त्यसैले पनि उनको टिम कन्टेन्ट निर्माणमा समय खर्चिरहेको बताउँछन् । ‘अन्तर्राष्ट्रिय प्लेटफर्ममा प्रदर्शन गर्ने लक्ष्य छ । अब त्यता प्रस्ताव राख्नलाई पनि प्रमुख कुरा त कन्टेन्ट नै राम्रो हुनुपर्‍यो । हामी कन्टेन्ट बनाउनतिर ध्यान दिइराखेका छौं,’ उनले भने ।

    टिमले दसैंसम्म टिजर सार्वजनिक गर्ने तयारी गरेकाे छ । विनयलाई प्रदर्शन मिति तोकिहाल्ने हतारो पनि छैन। ‘हामी पहिला त कन्टेन्ट बनिसकेपछि त्यसले कस्तो प्लेटफर्म माग गर्छ त्यही हेरेर प्रदर्शन गर्ने सोचिरहेका छौं । अहिले नै प्रदर्शन मिति तोक्नु या प्लेटफर्म तोक्नुभन्दा पनि कन्टेन्ट नै राम्रो बनाउने हाम्रो लक्ष्य हो,’ उनले सुनाए, ‘हामी कहाँ फिल्मको प्रदर्शन मिति तोकिहाल्न हतार हुन्छ । पछि कन्टेन्टमा केही हुँदैन । त्यस्तो नहोस् भनेर अहिले कन्टेन्टमा धेरै समय दिइरहेका छौं हामी ।’

    वेब सिरिजमा युवा दर्शकको क्रेज बढेसँगै फिल्ममेकरको झुकाव यतातिर बढेको देखिन्छ । गत वर्ष अभिनेत्री प्रियांका कार्कीले पनि वेब सिरिज ‘जस्ट अनोदर लभस्टोरी’ को निर्माण/ निर्देशन गरेकी थिइन् । ‘ट्वान्टी फस्ट लभ’,’हाम्रो हाइस्कूल’, ‘रङ टाइम’, ‘डियर लभ’लगायत वेब सिरिजले दर्शकमा आफ्नो पकड बनाएका छन् ।

    विनय श्रेष्ठ

    आफूले बनाएको कन्टेन्ट विश्वसामु पुगोस् भन्ने इच्छा थियो विनयको । त्यसैले त्यो इच्छा पूरा गर्न वेब सिरिज निर्माणमा लागेको उनी बताउँछन् । ‘कलाकार/मेकरका हिसाबले हामी जुन कुरा मिहेनत लगाएर बनाउँछौं, त्यो विश्वभर पुगोस् भन्ने हुन्छ नि,’ उनले भने, ‘जुन बजारका लागि हामी २/४ वर्ष खर्च गरिरहेका हुन्छौं । त्यो अनुसारको दर्शक पाउँदैनौं । त्यसैले यसपटक ‘लभ सुत्र’लाई अन्तर्राष्ट्रिय बजार लक्षित गरेर बनाउँदै छौं ।’

    १२ वर्ष बलिउडमा काम गरिसकेका कासिम क्यालोले ‘लभसुत्र’ सिरिज लेखेका हुन् । उनको निर्देशन तथा लेखनमा बनेको ‘गन केश’ले पछिल्लो समय चर्चा बटुलेको थियो ।

    लगानीका हिसाबले ओटीटी(ओभर दि टप) उपयुक्त देख्छन् विनय । भन्छन्,’नेपालमा करोडौं लगानी गर्दा लगानी उठ्ने टुङ्गो नै हुँदैन । तर ओटीटीमा त्यो डर कम हुन्छ । त्यसैले लगानीका हिसाबले पनि ओटीटी उपयुक्त लाग्यो । सबै उमेर समूहले मन पराउने किसिमको सिरिज हो यो ।’

    ‘लभसुत्र’बाट विश्व बजारमा छाप छोड्न चाहन्छन् विनिय । रोमान्टिक कमेडी विधामा आधारित सिरिजको पहिलो सिजनमा पाँच श्रृङ्खला हुनेछ । सिरिजमा विनयसँगै शिल्पा मास्के, संजोग कोइराला, सुरक्षा पन्त, रविन्द्र झा लगायतको अभिनय रहनेछ ।

    त्यस्तै फिल्म लेखक मनोरञ्जन श्रेष्ठ पनि वेब सिरिज ल्याउने तयारीमा छन् । एनबी महर्जन, गोकुल सुवेदीसँग मिलेर उनले ‘सतरञ्ज’निर्माण गरेका छन् । लकडाउनअघि नै सिरिजको सम्पूर्ण छायांकन सकिएको हो । सिरिजको सम्पूर्ण छायांकन बुटवलमा भएको हो । अहिले सिरिजको पोस्ट प्रोडक्सनको काम भइरहेको छ ।

    थ्रिलर जनरामा बनेको सिरिजमा कलाकारमा सम्पदा बानियाँ, सरु नेपाल, ध्रुव कोइराला, गोकुल सुवेदी, अनिता केसी लगायतको अभिनय रहनेछ । ‘मर्डर मिस्ट्रीको कथा छ। नारी संवेदना पनि छ । आफ्नो श्रीमानको हत्यारासँग श्रीमतीले लिने बदलाको कथा समेटेको छ,’ श्रेष्ठले सुनाए ।

    एक्कसि सिरिज निर्माणतिर ?

    ‘खासमा एनबी, गोकुल र मैले हलका लागि धेरै काम गर्‍यौं, अब सानो पर्दाका लागि गुणस्तरीय विषयवस्तु पस्कौं भनेर छलफल भयो । अनि सिरिज बनाउने निर्णय भयो। बनिरहेका सिरिज हल्काफुल्का मात्रै थियो । तर हामीले फिल्मी लेभलको सिरिज बनाउने सोच्यौं,’ उनले भने ।

    सुरुमा टेलिभिजनमा सिरिज प्रदर्शनमा ल्याउने उनीहरुको तयारी थियो । अब ओएसआरको डिजिटल प्लेटफर्मबाट सिरिज प्रदर्शन गर्ने तय भएको छ । सिरिज निर्माणमा ठूलो बजेट खर्च भएको बताउँछन् मनाेरञ्जन । ‘फिल्मभन्दा कम छैन हाम्रो सिरिज । १३ एपिसोडका लागि १९ लाख खर्च गरेका छौं । धेरै मिहेनत गरेका छौं,’ उनले भने ।

    महामारीले गर्दा फिल्मको काम ठप्प हुँदा सिरिज निर्माणतिर लागेर ‘राम्रो गरेछु’ भन्ने लागेको छ मौनतालाई ।

    लकडाउनमा दर्शक ‘बोर’ नहुन् भनेर विवेक रसाइलीले पनि आफूले लेखन तथा निर्देशन गरेको सिरिज ‘डियर लभ’ युट्युबमा सार्वजनिक गरे । तर, युट्युबमा सोचेजस्तो भ्यूज प्राप्त नभएको बताउँछन् उनी । खासमा यो सिरिजलाई आइफ्लिक्सले किनेको थियो । आइफ्लिक्समा प्रदर्शनमा आउँदा धेरैले सिरिजलाई मन पराइदिएको विवेक सुनाउँछन् । तर, लकडाउन भएको केही महिनामै आइफ्लिक्स बन्द भयो । त्यसपछि उनले युट्युबमा सार्वजनिक गरेका हुन् ।

    अहिले उनी ‘काठमाडौं लभ स्टोरी’ भन्ने सिरिजको तयारीमा जुटेका छन् । सिरिजको छायांकनका लागि सामान्य अवस्थाको पर्खाइमा छन् । २ वर्ष अगाडि उनले ‘डियर लभ’ निर्देशन गर्दा खासै धेरै सिरिज बन्दैन थियो । तर अहिले त सिरिज निर्माण संख्या बढेको उनी बताउँछन् ।

    विवेक रसाइली

    कान्तिपुर फिल्म एकेडेमीबाट फिल्म पढेका विवेकलाई बलिउडमा निर्माण भइरहेको सिरिज देखेर यतातिर काम गर्न मन लागेको हो । ‘मलाई सिरिज पनि मन पर्ने । राम्रो काम गर्न सकियो भने दर्शक तान्न सकिन्छ भयो, त्यसैले सिरिज निर्माण गर्न थालें,’ उनले सुनाए,’ नेपालमा पनि एक लेभलको वेब सिरिज बनाउनु पर्छ भन्ने भएको थियो । सिरिज फिल्म जस्तै हो । तर, सिरिजमा धेरै मिहेनत हुन्छ । राम्रो काम गर्‍यो भने दर्शकले मन पराइदिनु हुन्छ ।’

    दर्शकमा डिजिटल प्लेटफर्मको पहुँच बढेसँगै धेरैले सिरिज निर्माण गरेको उनी बताउँछन् । उनी आफूले निर्माण गर्ने नयाँ सिरिज अन्तर्राष्ट्रिय प्लेटफर्ममा प्रदर्शन गर्ने सोचमा छन् ।

    नेपाली दर्शक ‘कला’मा खर्च गर्ने बानीको कमी भएको बताउँछन् विवेक । त्यसैले यो बानीको निर्माण गर्न अन्तर्राष्ट्रिय प्लेटफर्मतिर सिरिज लैजाउने तयारी रहेको बताउँछन् उनी ।

    ‘नेपाली दर्शकमा पैसा तिरेर हेर्नुपर्छ भन्ने बानी पनि छैन । नेपाली फिल्म हलबाट निस्केपछि युट्युबमा आउँछ भन्ने मानसिकता छ । त्यसैले कति त हलसम्म जानुहुन्न,’ उनले भने, ‘हामीले सिरिज पनि युट्युबमा राख्यौं भने त्यहाँ निःशुल्क उहाँहरुले हेर्नुहुन्छ । निशुल्क हेर्ने बानी पर्दै जान्छ । कलालाई पनि किनेर हेर्नुपर्छ भनेर अन्तर्राष्ट्रिय प्लेटफर्म ताकेको हो ।’

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शुक्रबार, असोज १६, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.