काठमाण्डौं – अमेरिकामा रहेर नेपाली गीत संगीत क्षेत्रमा क्रियासिल युवा गायक रिजन गिरीले आफ्नो नयाँ म्युजिक भिडियो ‘दशैँ’ सार्वजनिक गरेका छन् ।
यस गीतमा गायक रिजन गिरी र उनकी आमा गंगा गिरीको शब्द, संगीत र स्वर रहेको छ । यस गीतलाई सम्पुर्ण ताम्राकारले संगीत संयोजन गरेका हुन् ।
१६ वर्ष अघि इराकमा १२ नेपालीको बीभत्स हत्या गरिएको सत्य घटनालाई आधार बनाएर तयार पारिएको म्युजिक भिडियोमा वरिष्ठ कलाकार लक्ष्मी गिरी, कुशेन्द्र पुरुष ढकाल, रिजन गिरी र एलिजा न्यौपाने गिरीको मुख्य भुमिका रहेको छ भने अन्य धेरै सहायक कलाकारहरुको अभिनय म्युजिक भिडियोमा देख्न सकिन्छ ।
सृजन प्रजापतिले छायांकन गरेको भिडियोलाई निश्चल जंग कार्कीले सम्पादन गरेका हुन् । रिजन गिरीको परिकल्पना र कथा रहेको यस भिडियोलाई अनिल न्यौपानेको निर्देशनमा तयार पारिएको हो । गायक गिरीकै युट्युव च्यानल रिजन गिरी मार्फत भिडियो सार्वजनिक भएको हो ।
यसअघि गायक गिरीले ‘कमलको फुल’, ‘सन्ध्या’ लगायतका दर्जन बढी गीतहरु सार्वजनिक गरिसकेका छन् । सबै नेपालीहरुलाई दशैँको अग्रिम शुभकामना व्यक्त गर्दै गायक गिरीले यस भिडियोलाई हेरेर साथ, सपोर्ट र माया गरिदिन सम्पुर्ण दर्शक, स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन् ।




















