×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

‘छोटो छ जिन्दगी’ गायिकाको एस्तो गुनासो

  •  गोरखा समाचार
  • बिहिबार, असोज १५, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    पूर्वाञ्चल धेरै प्रतिभा जन्माउने क्षेत्र । यो क्षेत्रबाट नेपाली चलचित्र र सांगीतिक क्षेत्रमा धेरै प्रतिभाहरु जन्मिएका छन् र आफूलाई स्थापित गरिसकेका छन् ।

    पूर्वाञ्चलकै भद्रपुरबाट नेपाली सांगीतिक क्षेत्रमा करिअर बनाउने सपना बोकेर १७ बर्षिया गायिका मेलिना मैनाली अहिले काठमाण्डौमा दौडधुप गरिरहेकी छिन् ।

    उनले १५ बर्षको उमेरमा गाएको ‘छोटा छ जिन्दगी’ बोलको गीत चर्चामा आएपछि उनलाई खोज्नेहरुको संख्या बढे । दर्शक–श्रोताले समेत राम्रो स्वर भनिदिएपछि फुरुङ्ग परेकी यी गायिकाले काठमाण्डौ आएको २ महिनामै ८–९ वटा गीतमा स्वर भरिसकेकी छिन् ।

    सानैबाट गीत गाउने रहर पलाएको थियो, मेलिनामा । ३ कक्षामा पढ्दादेखि नै गीत गाउन थालेकी उनको स्वरलाई साथीहरुले पनि खुबै तारिफ गर्थे । रेडियोमा गीत बजेको भरमा टपक्क टिपेर गीत गाइहाल्ने बानी थियो उनको ।

    स्कुलबाट हुने विभिन्न प्रतिस्पर्धामा भाग लिन उनलाई नै पठाइन्थ्यो । जहाँ गएर गीत गाउँथिन्, सबैले ठूलो मान्छे बन्छ्यौ भन्थे उनलाई । ७ कक्षामा पढ्दा उनलाई अब सांगीतिक क्षेत्रमा नै करिअर बनाउँछु भन्ने लाग्यो । यसपछि भने उनले संगीतको कोर्ष समेत लिइन् । एसईई दिएपछि भने उनले स्टूडियोको माइक समातिन् ।

    काठमाण्डौले भाइरल खोज्छ

    २ महिना अगाडि काठमाण्डौ आएकी मेलिना दशैंमा फेरि भद्रपुर नै फर्किनेछिन् । उनलाई काठमाण्डौ शहरमा गायनमा सफल हुनका लागि सजिलो छैन भन्ने लागेको छ । मेलिना भन्छिन्–‘मैले जसलाई भेट्छु, सबैले मेरो स्वरको निकै प्रशंसा गर्नुहुन्छ । धेरैले यहाँ भाइरल गायक–गायिका खोज्नुहुनेरहेछ । कसैले अवसर नै नदिई कसरी हाम्रो स्वर दर्शकसम्म पुग्छ र कामको मुल्यांकन हुन्छ ?’

    मेलिनाले २ महिनादेखि काठमाण्डौमा निकै दौडधुप गरिरहेकी छिन् । देशका चलेका संगीतकारदेखि नाम चलेका म्यूजिक भिडियो निर्देशकलाई भेटेकी छिन् । धेरैले दिने एउटै जवाफ छ, पहिले भाइरल हुनु अनी काम गरौंला । यसले उनको मन दुखाएको छ । मेलिनाले भनिन्–‘युटुबमा भ्यूज, टिकटकमा फ्यान हेरेर मात्र अवसर पाइनेरहेछ । एउटा गायिकाको स्वर बलियो हुनुपर्छ । तर, यहाँ स्वरसँगै सुन्दरता पनि हेरिन्छ ।’

    बजारमा राम्रो गीत युटुबमा सर्च गरेर खोज्नुपर्ने तर उट्पट्याङ गीतहरुको चर्चा भएको उनले पनि वुझेकी छिन् । मेलिना भन्छिन्–‘मलाई लामो रेशको घोडा बन्नुछ । यस्तो कुराले आत्तिन हुँदैन । दर्शक श्रोताले मन पराएपछि लामो समयसम्म चल्न सकिन्छ । भारइल त केही दिनका लागि मात्र हो ।’

    मेलिना आफैले गीत रेकर्ड गराएर, भिडियो आफै बनाएर अगाडि बढ्न सक्ने अवस्था आफ्नो नभएको बताउँछिन् । भनिन्–‘आर्थिक अवस्था बलियो भए त म काठमाण्डौ आएर बसिहाल्थे नी । मलाई आफूमाथि विश्वास छ । कुनै राम्रो सर्जकले ममाथि विश्वास गर्नुभयो भने म उहाँलाई आफ्नो स्वरबाट निराश बनाउदिनँ ।’

    यसरी जन्मियो ‘छोटो छ जिन्दगी’

    मेलिनाले केही गीत रेकर्ड गराएकी छिन् । उनले गाएको मध्ये ‘छोटो छ जिन्दगी’ बोलको गीतले दर्शकको मन जित्यो । मेलिना घरमा रहँदा गीत गाइरहन्थिन् ।

    उनका दाजुले गायक भूपू पाण्डेलाई उनको स्वर सामाजिक सञ्जालबाट पठाइदिएका थिए । भूपूले मेलिनाको स्वर रुचाएपछि उनलाई काठमाण्डौ बोलाए र गीत रेकर्ड गराए । यो गीतले चर्चा पाएपछि मेलिनाको पनि स्वरको चर्चा हुन थाल्यो । यसपछि उनले ‘साह्रै याद आउँछ, मुग्लान’ लगायतका गीत गाइसकेकी छिन् ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बिहिबार, असोज १५, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.