पछील्लो समयमा दशै लाई लत्छित गर्दै दशैका गीतहरु एकपछी अर्को बजारमा आइरहेका छ्न यसै क्रममा धन कमाउने रहर र कोरोनाको कहर बिच जन्मिएको एउटा दर्दनाक “के अनर्थ भयो ” बोलको दशै गीत भर्खरै मात्र सार्वजनिक भएको छ जसमा एउटा समसामुयिक बिषय बस्तुलाई समाबेश गरिएको छ ।
जसमा चर्चित गायिका शान्ती श्री परियार चर्चित गायक तथा हास्य कलाकार अर्जुन कुँवर ( पित्री बुढो) बिरेन्द्र एस्.बी र राजेन्द्र बाजुराली को सुमधुर आवाज रहेको छ हरिस बि.सि र सन्तोष पक्कु को शब्द रहेको यो गितमा बिरेन्द्र एस्.बी को लय सिर्जना रहेको छ ।
जसमा रमा थपलिया, बिमल अधिकारी, आशिर प्रताप जङ, सारीका के.सी अर्जुन कुवर (पित्री बुढो) दिशान्ती परियार् लगायतका कलाकारहरुको दमदार अभिनय रहेको छ । कपिल लामा को निर्देशन रहेको यो गीतमा दिपक गिरी को छायान्कन शिव पौडेल को सम्पादन रहेकोछ हर्ट बिट नेपाल नामको युट्टुब बाट सार्वजनिक भएको छ ।




















