शान्ति श्री परियार र विजय सुनामको स्वरमा रहेको मैनबत्ती सार्वजनिक भएको छ । शिव हमालको मर्मस्पर्शी शब्दलमा लय समेत उनकै रहेको छ । मायामा अविश्वास र भ्रमका कारण चोखो माया कसरी विछोडमा परिणत हुन पुग्छ ? भन्ने कुरालाई गीत र भिडियोमा देख्न सकिन्छ ।
चर्चित मोडल शिशिर पौडेल र सारिका केसीले स्क्रिन शेयर गरेका छन् । गुञ्जन नेपालको प्रस्तुति रहेको गीत मालश्रीमा रेकर्ड भएको हो । बिनोद बाजुरालीले उत्कृष्ट संयोजन गरेका छन् । बिमल छिनालको रेकर्ड र खडक बाजुरालीको मिक्सिङमा उत्कृष्ट गीत बनेको छ ।
भिडियो पनि उत्तिकै लायकको बनेको छ । रियल लाइफमा समेत कृषि क्षेत्रका नायक किसानी भाइ खेम र समृद्धिलाई पनि शिशिर र सारिकासँगै देख्न सकिन्छ । कपिल लामाको निर्देशन र सुरेश श्रेष्ठको छायाँकन रहेको छ ।
शिशिर पौडेल नामको च्यानलमा भिडियो सार्वजनिक भएको हो। गीत र भिडियोले राम्रो प्रतिक्रिया बटुलेको छ ।


