काठमाडौं । सुमधुर स्वरकी धनी गायिका रजिना रिमालको स्वरमा सजिएको ‘तिमी आउन सक्छौ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । डाक्टर राजुबाबु श्रेष्ठका शब्द शृजना रहेको गीतमा लोकप्रिय संगीतकार हरि लम्सालको संगीत रहेको छ ।
आवेशमा आएर गरिएको निर्णयले बिछोडीएपछि पनि माया भएमा ब्रेकअप वा डिर्भोसपछि पनि जोडीन सकिन्छ भन्ने मुल मर्म प्रस्तुत गरेको गीतको भिडियोमा कलाकार जोडीद्धय जीवन भट्राई र लक्ष्मी बर्देवाको अभिनय देख्न सकिन्छ ।
भिडियोलाई कलाकारद्धय जीवन र लक्ष्मीको जोडीले नै निर्देशन गरेको हो । किरण कँडेलको एरेन्ज रहेको गीतमा छायांकन बुद्ध थापा र सम्पादन विष्णु खड्काको रहेको छ ।


