चर्चित गायिका तथा मोडल ज्योती मगर यतिबेला फेरी एक पटक चर्चामा छिन् । सँधै हँसाएर र हंगामा गरेर चर्चामा आइरहने ज्योती यतिबेला भने उनले प्रस्तुत गरेको एउटा भावुक बनाउने प्रस्तुतीका कारण चर्चामा छिन् । चर्चित गीतकी हट गायिका ज्योती सरहकै अन्य १० जोडीबिच गरिएको रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स’ को नेपाली संकरण ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ को २ वटा भाग शुक्रबार र शनिबार प्रशारण भएका शृखलामा ज्योती र उनका कोरियोग्राफर लाउरेले नजाउन निरमाया माया मारेर बोलको गीतको प्रस्तुती सबैको रोजाइमा पर्यो ।
उनको नृत्यले सबैको आँखा रसाएको थियो भने उनका अन्य प्रतिष्पर्धीहरुका साथमा निर्णायकमा रहेका दिलिप, गौरी र रेनेशाले मन्त्रमुघ्ध हुँदै सम्मान स्वरुप सबैले उठेर ताली बजाएका थिए । हिमालय टेलिभिजनमा हरेक हप्ता शुक्रबार र शनिबार बेलुकी ८ बजेपछि प्रशारण हुँदै रियालिटी शोको प्रिमियरबाट नै चर्चामा आएको शोले पहिलो र दोश्रो भागमा ११ जना स्टार प्रतिस्पर्धीले आफ्ना कोरियोग्राफरसँग नृत्यकला प्रस्तुत गर्दा शनिबार सार्वजनिक ज्योतीको नृत्यले अरु त अरु निर्णायकमा अभिनेता दीलिप रायमाझी, अभिनेत्री गौरी मल्ल र कोरियोग्राफर तथा निर्देशक रेनशा वान्तवा राईका आँखा समेत रसाए ।
ज्योतीको प्रस्तुती हेरिसकेपछि निर्णायकहरुले प्रतिक्रिया दिँदा उनीहरुका आँखा रसाइरहेका थिए । अभिनेता दीलिप रायमाझी, अभिनेत्रत्री गौरी मल्ल त भक्कानिएको स्पष्ट देख्न सकिन्थ्यो । रियालिटी शोको पहिलो भागमा फुटबल खेलाडी हरि खड्काले आफ्नो कोरियोग्राफर पार्टनर यूवी बलामीसँग नृत्य प्रस्तुत गरेका थिए । यस्तै, उमेश राई ‘फुलन्देको आमा’ र प्रमोद भण्डारी, रक्षा श्रेष्ठ र सरोज मोक्तान, देवान्सी वैद्यवार र सिद्धार्थ श्रेष्ठ, श्रृष्टी केसी र केशव थापाले आफ्नो नृत्य प्रस्तुत गरे ।
यस्तै, दोश्रो भागमा गायक बुद्ध लामा र उनको कोरियोग्राफर पार्टनर केबिका खत्री, दीपा-दमन्ता र सुरेल बिके, पूजा ठाकुर र राजिव समर, प्रशान्त ताम्राकार र स्वेता योञ्जन, सुमी मोक्तान र विजु पार्कि, ज्योती मगर र लाउरेले आफ्नो प्रस्तुति दिएका थिए । यति धेरै कलाकारकोबीचमा गायिका ज्योती मगरको प्रस्तुतीले सबैको मनलाई रुवायो । एक समसामयिक कथा बोकेको गीतमा गरेको उनको अभिनयका कारण गायिका ज्योतीको चर्चा सर्वत्र चुलिएको छ ।




















