×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

छायांकन सुरु गर्ने तयारीमा ‘परदेशी २’ र ‘ए मेरो हजुर ४’

  •  गोरखा समाचार
  • बुधबार, असोज १४, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    चीनबाट विश्व भ्रमण गर्दै नेपाल भित्रिएको कोरोना भाइरसका कारण विगत सात महिनादेखि नेपाली फिल्म क्षेत्र ठप्प छ । सरकारले लकडाउन घोषणा गरेपछि देशभरका सिनेमा हलमा ताला लाग्यो । प्रदर्शनको तरखरमा रहेका फिल्म कम्प्यूटरको हार्ड डिक्समा थन्किए । छायांकनरत फिल्म अनिश्चितकालका लागि रोकिएका छन् । यो अवस्था अझै कहिलेसम्म रहन्छ, टुंगो छैन ।

    निषेधाज्ञा खुकुलो गर्दै सरकारले विभिन्न क्षेत्रलाई सञ्चालनको अनुमति दिए पनि फिल्म क्षेत्रमा प्रतिबन्ध कायमै छ । फिल्मकर्मीहरुले निर्देशिका बनाएर फिल्म क्षेत्र खोल्न सरकारलाई आग्रह गरिरहेका छन् । तर, उनीहरुको आवाजले सिंहदरवार र बालुवाटार थर्किएको छैन । सरकारले फिल्म क्षेत्रलाई सञ्चालन अनुमति दिए थुप्रै फिल्मकर्मीहरु नयाँ फिल्म निर्माण गर्ने तयारीमा छन् ।

    यस्तैमा, कोरोनाका कारण छायांकन रोकिएका दुई प्रतिक्षीत फिल्म ‘परदेशी २’ र ‘ए मेरो हजुर ४’ को छायांकन सुरु गर्ने तयारी थालिएको छ । यही शुक्रवारबाट निर्माता सुनिल कुमार थापाले अनमोल केसी स्टारर फिल्म ‘ए मेरो हजुर ४’ को बाँकी छायांकन सुरु गर्दैछन् । त्यस्तै, असोज दोस्रो साताबाट छायांकन थाल्ने गरी ‘परदेशी २’ टिमले मंगलवारबाट वर्कसप सुरु गरेको छ ।

    निर्देशक नारायण रायमाझीले असोज १७/१८ गतेबाट छायांकन थाल्ने गरी वर्कसप सुरु गरेको जानकारी दिए । स्वास्थ्य सुरक्षा अपनाएर वर्कसप सुरु गरिएको उनले बताए । फिल्मको ७० प्रतिशत छायांकन पूरा भइसकेको र अब कथा परिवर्तन गरेर छायांकन गरिने उनको भनाई छ । उनका अनुसार, अहिलेको परिस्थितिलाई समेट्नका लागि कथामा धेरै परिवर्तन गरिएको छ ।

    अब फिल्मको काठमाडौं, पाल्पा र विदेशमा छायांकन हुने निर्देशक रायमाझीले बताए । विदेशमा तत्काल सम्भव नभएकाले पहिला नेपालको छायांकन पूरा गर्ने उनको तयारी छ । रमेश विजीले लेखेको यस फिल्मलाई निर्देशक रायमाझी र राजेश वंशलले निर्माण गरेका हुन् । फिल्मलाई यसै वर्षको दशैंमा प्रदर्शनमा ल्याउने तयारीमा गरिएको थियो । तर, कोरोनाले यो सम्भव भएन ।

    दीलिप रायमाझी, प्रशान्त तामाङ, प्रकाश सपूत, केकी अधिकारी, वर्षा सिवाकोटी, देबेन्द्र बब्लुलगायतका कलाकारको अभिनय रहने ‘परदेशी २’ मा विदेश पढ्न गएका विद्यार्थीको दुःख र त्यहाँको संघर्ष देखाइनेछ । गायक सपुतले यही फिल्मबाट अभिनेताको रुपमा डेब्यू गर्न लागेका हुन् । उनी आफ्नो बाल्यकालदेखिको फिल्मको हिरो बन्ने सपना पूरा हुन लागेकोमा खुसी देखिएका छन् ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बुधबार, असोज १४, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.