सांसद मुनु सिग्देललाई कोरोना संक्रमणको पुष्टि भएको छ । बागमती प्रदेश सभा सदस्य तथा नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देललाई लक्षण देखिएर कोरोना परिक्षण गर्दा रिर्पोट पोजेटिभ आएको हो ।
हेटौंडाबाट काठमाडौ गएपछि रुघाखोकी लागेर लक्षण देखिएपछि पिसिआर चेक गर्दा पोजेटिभ
असोज ५ गते हेटौंडाबाट काठमाडौ गएपछि रुघाखोकी लागेर लक्षण देखिएपछि पिसिआर चेक गर्दा पोजेटिभ आएको सिग्देलले बताइन्। उनी संक्रमण पुष्टि भएपछि अहिले अहिले उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।
स नेपाल २०१८ शृङ्खला खतिवडाको आमा हुन् तथा प्रतिनिधि सभा सांसद विरोध खतिवडाकी श्रीमती हुन्
मुनु काठमाडौ मै होम आईसोलेसन रहेको बताइएको छ । मिस नेपाल २०१८ शृङ्खला खतिवडाको आमा हुन् तथा प्रतिनिधि सभा सांसद विरोध खतिवडाकी श्रीमती हुन् । मुनुलाई कोरोना देखिएपनि परिवारका अन्य सदस्यमा भने कोरोना देखिएको छैन् ।




















