×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

साउन्ड डिजाइनर उत्तमको नामको पछाडि अब ‘सिएएस’

  •  गोरखा समाचार
  • मङ्गलबार, असोज १३, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गत भदौ २९ मा नेपालका साउन्ड डिजाइनर (मिक्सर, इडिटर) उत्तम न्यौपानेलाई ‘सिनेमा अडियो सोसाइटी’बाट मेल आयो । मेलमा लेखिएको थियो, ‘बोर्डले तपाईंलाई सिनेमा अडियो सोसाइटीको सक्रिय सदस्य(एक्टिभ मेम्बर)मा छनाेट गरेको छ । अब तपाईंले आफ्नो नामको पछाडि सिएएस लेख्न सक्नुहुन्छ । बधाई छ ।’

    ‘साउन्ड’मा काम गर्नेहरुको एउटै सपना हुन्छ, आफ्नो नामको पछाडि ‘सिएएस’ लेख्ने । ‘सिएएस’ जो कोहीले आफ्नो नामको पछाडि लेख्न पाउँदैन । यसका लागि विश्व प्रख्यात संस्था ‘सिनेमा अडियो सोसाइटी’बाट अनुमति पाउनुपर्छ । ‘सिनेमा अडियो सोसाइटी’को योग्यता पूरा गर्नेले यो उपाधि/पद आफ्नो नामको पछाडि राख्न पाउँछन् ।

    ‘सिनेमा अडियो सोसाइटी’ले एक्टिभ मेम्बरमा स्वीकृति दिएसँगै ३४ वर्षीय उत्तम निकै उत्साहित छन् । निकै खुसी छन् । ‘आफ्नो नाउँको पछाडि सिएएस लेख्न पाउँ भन्ने सबैको सपना हुन्छ । मेरो पनि थियो हो । त्यो सपना पूरा भयो । यो खुसी शब्दमा बयान गर्न सक्दिन,’ दंग पर्दै उत्तमले सुनाए ।

    फिल्ममा काम गरेको लामो समय उत्तम ‘सिएएस’बारे अनविज्ञ थिए । विदेशी फिल्म हेर्दै जाँदा उनको आँखा अडिन्थ्यो अडियो इन्जिनियरको क्रेडिटमा । अडियो इन्जिनियरको नाम पछाडि ‘सिएएस’ र ‘एम्प्स'(एकेडेमी अफ मोसन पिक्चर्स साइन्स एण्ड आर्ट) लेखिएको भेट्याएपछि उनले यसबारे खोज्न थाले । ‘यो के रहेछ? भनेर खोजें । सिनेमा अडियो सोसाइटीबारे थाहा पाएँ । त्यसमा म पनि सहभागी हुन पाएँ भन्ने लाग्थ्यो । तर यत्तिका ठूलो संस्थासम्म पुग्न सकिन्न जस्तो लाग्थ्यो,’ पूराना कुरा कोट्याए ।

    एकदिन ‘बाहुबली’मा साउन्डको काम गर्ने जस्टिन जोसले फेसबुक अकाउन्टमा ‘सिएएस’ को प्रमाण पत्र सेयर गरे । जस्टिन पनि एक्टिभ मेम्बरमा स्वीकृत भएका रहेछन् । त्यसपछि त उत्तमलाई पनि ‘प्रयास गरि हेरौं न’ भन्ने लाग्यो । तर, कसरी आवदेन भर्ने प्रकिया केही थाहा थिएन ।

    आफूले काम गर्ने विदेशी फिल्मका अडियो इन्जिनियरहरुसँग यसबारे सोधे । उनीहरुले यसका प्रकियाबारे बताइदिए । बिस्तारै उनले ‘सिनेमा अडियो सोसाइटी’लाई पछ्याउँदै गए । एकपटक आवेदन पठाएका पनि थिए । तर ‘सिएएस’ले आवेदनमा २ जना एक्टिभ मेम्बरको स्पोन्सर चाहिने भन्दै आवेदन लिएन ।

    त्यसपछि स्पोन्सर खोज्नतिर लागे उत्तम । फेरि भारतका अर्का साउन्ड इन्जिनियर स्रिजेश नायरले आफू सिएएसको एक्टिभ मेम्बर भएको भन्दै सामाजिक सञ्जालमा खुसी व्यक्त गरेको उत्तमले देखे । स्पोन्सर गर्नेको नामलाई नियालेर हेरे, मार्टी डी हम्फेरेले लेखिएको थियो । उत्तमले हत्त न पत्त उनलाई सम्पर्क गरेर आफू पनि लामो समयदेखि एक्टिभ मेम्बरको लागि तयारी गरिरहेको सुनाए ।

    स्पोन्सरलाई मनाउन गाह्रो थियो । मार्टी डीले २ महिनापछि सकारात्मक हुँदै उत्तमलाई आफ्नो परिचय अनि कामबारे जानकारी मागे । आफूले गरेको फिल्महरुको ट्रेलर रिलिज हुनासाथ उत्तम मार्टी डीलाई पठाउँथे । त्यसपछि अन्तत: लामो समयपछि मार्टी डी स्पोन्सरका लागि तयार भए । मार्टी डीले नै अर्को स्पोन्सर खोजिदिए, जोर्ज । स्पोन्सर खोज्न सजिलो थिएन । ‘मार्टी डीले पनि कहाँ एकैपटक हुन्छ र भन्नु भएको थियो । कति समय पर्खाउनु भयो । धेरै कामहरु हेर्दै जानु भएपछि तयार हुनु भएको हो । स्पोन्सर सजिलै भेटेको भए पहिला नै अवार्ड पाइसक्थें । गाह्रो थियो तर म भाग्यमानी ठान्छु मैले २ पटक एमी अवार्ड र ओस्कार जितिसकेका स्पोन्सर भेटें,’ उनी सुनाउँछन् ।

    स्पोन्सर भेट्याएपछि उत्तमले दोस्रो पटक ‘सिएएस’को एक्टिभ मेम्बरको लागि आवेदन भरे । आवेदनमा पाँच वर्षको कामको अनुभव पठाउनु पर्थ्‍यो । अवार्डहरु उल्लेख गर्नुपर्थ्‍यो । अन्तर्राष्ट्रिय फिल्मबारे जानकारी दिनुपर्थ्‍यो । ६ महिनाअघि उनले सबै कुरा पूरा गरेर आवेदन पठाएका थिए ।

    बोर्डको दुई तिहाई सदस्यले एक्टिभ मेम्बर‍ छनौट गर्ने गर्छ । दुई तिहाइले उत्तमलाई योग्य ठान्यो । ‘ठूला साउन्ड डिजाइनरहरुसँग म उभिन पाएको छु । भारतमा जम्मा तीनजना अनुप देव, स्रिजेश नायर, जस्टिन जोसले यो अवार्ड पाएका छन्,’ खुसी हुँदै उत्तमले भने, ‘यो मेरो लागि ठूलो उपलब्धि हो ।’

    एक्टिभ मेम्बरमा छनाेट भएको दिन त उनलाई विश्वास नै लागेको थिएन । स्पोन्सर गर्ने दुवैले उनलाई सामाजिक सञ्जालतिर बधाई दिए । तर पनि विश्वास गर्न सकिरहेका थिएनन् उनी । ‘२/३ दिन सम्म त विश्वास नै लागेन । हामी कति सानो ठाउँमा काम गरिरहेका हुन्छौं । तर सिनेमा अडियो सोसाइटीले त्यसरी सदस्यमा स्वीकृत गर्नु ठूलो कुरा हो । स्पोन्सरले बधाई दिँदा पनि मैले बारम्बार उनीहरुलाई सोधिरहेँ, साँच्चै हो भन्दै,’ उत्तमले भने ।

    कोरोना महामारीका कारण उनको प्रमाण पत्र, गोल्ड मेडल, ब्याच, एक्टिभ मेम्बरको नम्बर कुरियर हुन सकिरहेको छैन । उनी व्यग्र प्रतीक्षामा छन् आफ्नो प्रमाण पत्र हेर्न । त्योसँगै अझ प्रतीक्षा छ, नाम पछाडि सिएएस राखेको हेर्ने ।

    त्यसैले प्रदर्शनको तयारीमा रहेका फिल्महरुको क्रेडिट पछाडि उनले सिएएस राख्न थालिसकेका छन् । हालै उनले ‘कठपुतली’ फिल्मको काम सके, त्यसमा पनि आफ्नो नामको पछाडि उनले सिएएस राख्न लगाए । त्यस्तै ‘चिसो एस्ट्रे’को क्रेडिटमा पनि सिएएस जोडिसकेका छन् ।

    सिनेमा अडियो सोसाइटीका मानिसहरु नै ओस्कारमा भोट गरिरहेका हुन्छन् । सिनेमा अडियो सोसाइटीका सक्रिय सदस्यलाई ‘एम्प्स'(एकेडेमी अफ मोसन पिक्चर्स साइन्स एण्ड आर्ट)ले पनि सजिलै स्वीकार्ने गर्छ । उत्तम यसले ठूला संस्थाहरुका लागि बाटो खोलिदिएको बताउँछन् । ‘एकेडेमीमा जाने बाटो खुलियो । सिनेमा अडियो सोसाइटीमा पुग्नु नै ठूलो कुरा हो । अब मैले एम्प्समा पनि सहभागिता जनाउन पाउँछु । मेरो लागि बाटो खुलेको छ,’ उनी सुनाउँछन्, ‘अब हलिउडका ठूला कार्यक्रममा म नेपाली फिल्मको प्रतिनिधित्व गर्न पाउँछु । हलिउडका फिल्महरुसँग प्रतिस्पर्धाका लागि मैले सिधैं फिल्महरु पठाउन पाउँछु ।’

    ‘सिएएस’को अवार्ड पाउनेहरु ओस्कार जित्ने फिल्महरु हुन्छन् । ५६ औं सीएएस अवार्ड ‘फोर्ड भर्सेस फरारी’, ‘जोकर’, ‘ओन्स अपन अ टाइम इन हलिउड’, ‘आइरिस म्यान’ले जितेको थियो । स्टेभेन स्पिलबर्गलाई सम्मान गरिसकेको सिनेमा अडियो सिसाइटीको बोर्डमा नाम चलेका फिल्मकर्मीहरु छन् । यस्तो संस्थाको सक्रिय सदस्यमा स्विकृत हुनु उत्तम मात्र होइन नेपाली फिल्म उद्योगका लागि पनि उपलब्धि हो ।

    साउन्डमा करियर

    रौतहटमा जन्मेका उत्तम सन् २००५ मा काठमाडौं आए । उत्तम पहिल्यैदेखि इलेक्ट्रोनिक्समा रुची राख्थे । त्यसैले समय पाउनासाथ टंक न्यौपानेकाे काम गर्ने स्टूडियोमा पुग्थे । बिस्तारै साउन्डतिर उनको रुचि बढ्दै गयो । त्यसपछि उनले प्रदीप उपाध्यायसँग नक्सालमा साउन्ड पढे । ३ महिने कोर्स सके लगतै गीत रेकर्डिङमा काम सुरु गरे । त्यसपछि डेढ वर्षसम्म इमनविक्रम शाहको स्टूडियोमा गीत रेकर्डिङको काम गर्न थाले । त्यसपछि नीर शाहको नेश्नल स्टूडियोमा काम थाले । त्यहाँ उनको भेट दीप तुलाधारसँग भयो । उनले दीपबाट संगीतका विषयमा धेरै कुरा सिके ।

    बिस्तारै उनलाई फिल्मतिर झुकाव बढ्न थाल्यो । विनोद पौडेलको लघु फिल्म ‘अवेकन आइज’मा साउन्डको काम गर्दै उनले फिल्मतिर पाइला चाले । ‘मिसिन पैसा’ र ‘मेरो एउटा साथी छ’ हुँदै बिस्तारै उनी फिल्मको काममा व्यस्त भए । फिल्महरुमा काम गर्न थालेपछि उनलाई साउन्डबारे अझै सिक्ने रहर जाग्यो । ‘मेरो एउटा साथी छ’ सक्नासाथ चेन्नईको ‘नेश्नल इन्स्टिच्यूट अफ अडियो आर्ट’मा ८ महिना साउन्डको कक्षा लिए ।

    ८० बढी नेपाली फिल्ममा साउन्डको काम गरिसकेका उत्तमले विदेशी फिल्ममा पनि कामको अनुभव बटुलेका छन् । उनले फिफा वर्ल्ड कपमा आधारित ‘डर्टी गेम’मा साउन्ड मिक्सरको काम गरेका थिए । त्यस्तै बुसान इन्टरनेश्नल फिल्म फेस्टिभलले प्रस्तुत गरेको फिल्म ‘चन्द्र’मा पनि काम गरेका छन् । फिल्मलाई नेपाली र इरानी निर्देशकले निर्देशन गरेका थिए । त्यस्तै ‘डन्ट स्टप रनिङ’मा पनि उनले सोलो मिक्सिङ गरेका छन् । ओस्कार मनोनयमा परेको एरिक भ्यालीको ‘बियोन्द द क्लाउड्स’को नेपालको थियट्रिकल मिक्स उनैले गरेका हुन् । डकुमेन्ट्रीहरुमा पनि उनले साउन्डको काम गरिसकेका छन् ।

    नेपाली फिल्ममा साउन्डको पक्ष निकै कमजोर हुन्छ । साउन्डको लागि उचित समय नपाउँदा यस्तो समस्या देखिएको उनी बताउँछन् । ‘पहिलाको फिल्मको तुलनामा अहिले नेपाली फिल्मको साउन्ड राम्रो भएको छ । तर साउन्ड मात्र राम्रो भएर भएन । फिल्म पनि राम्रो बन्नु पर्‍यो । अर्को त साउन्ड कमजोर हुनुको अर्को कारण समय हो । पोस्ट प्रोडक्सनमा साउन्डका लागि उपयुक्त नै समय हुँदैन ।’

    अन्तिम अवस्थामा फिल्ममा साउन्डको काम सुरु हुने उनको अनुभव छ । साउन्डलाई महत्त्व दिने निर्देशक कम भएर पनि यो समस्या नेपाली फिल्म उद्योगमा देखिएको उनी बताउँछन् । ‘प्रदर्शनको २/३ दिन अगाडि मात्र फिल्मको मिक्सिङ सुरु हुन्छ । साउन्डलाई महत्त्व नै दिँइदैन । यहाँ त आवाज सुने पुग्छ भन्ने धारणा छ,’ उनले भने, ‘साउन्डलाई महत्त्व दिने निर्देशक औंलामा गन्न सकिन्छ । यता फिल्म मिक्स सकिएको हुँदैन । विदेशमा फिल्म पठाउनु पर्‍यो भनिदिन्छन् । हतारमा फिल्मको काम सुरु गर्दा साउन्ड कमजोर हुन्छ ।’ उनले ‘बुलबुल’ र ‘ददिया’मा उपयुक्त समय पाएका थिए । त्यसैले ती फिल्ममा चित्त बुझ्दो नतिजा निस्किएको उनी बताउँछन् ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    मङ्गलबार, असोज १३, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.